सुनको सिक्री लुटपाट गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ

65

काठमाडौं। सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले  एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका(१ देवीटार बस्‍ने ३० वर्षीय पाण्डे भन्‍ने विष्णु तामाङ रहेका छ
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत बानेश्वरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मिलन केसीले जनाए ।                                                                                                                तामाङले काठमाडौं (३२ पेप्सीकोला गेटवे मोन्टेश्वरी स्कुल अगाडि पैदल हिडिरहेकी मध्‍यपुर ठिमी (७ बस्‍ने मनमाया छुजुले घाँटीमा लगाएको सुनको सिक्री पछाडिबाट लुटपाट गरेको प्रहरीको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here