सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार

66

एजेन्सी । संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरसः पालना हुनुपर्ने सर्त अघि सारेको छ।

साउदी अरबमा बुधबार भएको वार्ताबाट सुडानी सेना बाहिरिएपछि अमेरिकाले मध्यस्थता गर्न चाहेको बताउँदै युद्धविरामको पालनामा गम्भीर हुन आह्वान गरेको छ।

‘युद्धविरामको पालना गर्न  दुवै पक्ष गम्भीर रहेको स्पष्ट भएपछि, अमेरिका र साउदी अरबले द्वन्द्वको समाधान वार्ताबाट खोज्न तथा अवरुद्ध भएका वार्तालाई पुनः सुरु गर्न  अमेरिका र साउदी तयार छन्,’ अमेरिका विदेश मन्त्रालयका प्रवक्ताले विदेशमन्त्री एन्टोनी ब्लिङ्केन ओस्लो पुगेपछि भनेका छन्।

सुडानको सेनाले बुधबार युद्धविराम वार्ताबाट बाहिरिएपछि अर्धसैनिक बलको आधार क्षेत्रमा विस्फोट गराएको छ भने  आफ्नो प्रतिद्वन्द्वीले सहायता  सामग्री प्राप्तिमा अवरोध गर्दै युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ। विदेश मन्त्रालयका प्रवक्ताले दुवै पक्षबाट युद्धविरामको गम्भीर उल्लङ्घन भएको बताएका छन्। सुडानी जनताप्रतिको दायित्व दुवै पक्षले बिर्सन नहुनेमा जोड दिँदै उनले युद्धविरामको पालना गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here