बजेट निर्माणको प्रक्रियानै गलत : सांसद् उपेन्द्र यादव

39

काठमाडौं  । जनता समाजवादी पार्टीका सांसद् उपेन्द्र यादवले बजेट निर्माणको प्रक्रियानै गलत भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै जसपा सांसद् यादवले बजेट निर्माणको प्रक्रिया गलत देखिएको र निर्माणमा घुसपैठ हावी भएको दावी गरे।

यादवले भने, ‘मधेशका जनतामाथि गोली ठोकेर घोषणा गरेको संविधान हो यो । यो बजेट वास्तवमा समाजवाद उन्मुख छदै छैन । बजेट नवउदारवादी छ ।’ कुरा गरेर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने उनले बताए । यादवले भने, ‘गरिब,बेरोजगारीलाई बजेटले समेटेन । बजेट कर्मचारीलाई लेखाउँदा तराईमा मधेसीहरू बस्छन्,उनीहरुलाई विकासको धारमा ल्याउनु हुँदैन भनेर बजेट लेख्याजस्तो छ ।’

बजेटमा नश्लवादको चिन्तन स्पष्ट देखिएको उनको भनाइ छ। यादवले भने,‘बजेटमा कृषिलाई प्राथमिकतामा पारिएन । कृषिमा आत्मनिर्भर भन्ने बजेट कम छुट्याउने ? किसानमुखी बजेट भएन ।’ उनले  बजेट निर्माण गर्दा प्रदूषित मनसाय हुन नहुने बताए । बजेट विभेदकारी भएको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here