हामी सबै जना दिनभरीको कामको थकानपछि रातीको समयमा निद्रा राम्रो भएको चाहान्छै । तर राम्रो निद्रा आफै नहुन पनि सक्छ । कतिपय समयमा हामी आफैले गरेको स–साना गल्तीको कारणले पनि हामीलाई निद्रा नलाग्न सक्छ ।
कुनै रोग नलाग्दा पनि विभिन्न कारणले मानसिक तनाव हुने र त्यसका कारण निद्रा नलाग्ने हुन सक्छ।कुनै रोग लागेर हो कि भन्ने डर हुँदा पनि निद्राको समस्या हुन सक्छ । रोग लाग्दा चिन्ता, दुखाई, डर, मानसिक तनाव आदि कारणले निद्रा नलाग्न सक्छ।
राती सुत्नु अघि गर्न नहुने कामहरू
१. चियाकफी
सामान्यतः मानिसहरु खाना खाएपछि एक कफ चिया या कफी पिउन मन पराउँछन् । तर, यदि तपाईंलाई राम्रो निद्रा चाहिएको छ भने यो बानी छाड्नुस् । यदि चियाकफी खानुहुन्छ भने समयमा निद्रा नलाग्ने त छ नै, आएको निद्रा पनि खलबलिने सम्भावना हुन्छ । चिया या कफीमा पाइने क्याफिनले निद्रा भगाउने काम गर्छ ।
२. चकलेट
राती सुत्नुअघि खान नहुने खाद्यपदार्थमा चकलेट एक नम्बरमा पर्छ । यसले शरीरमा नकारात्मक असर पार्छ । यसमा चिल्लोपदार्थ र क्याफिनको मात्रा बढी हुन्छ । जसले निद्रामा बाधा पार्छ ।
३. आइसक्रिम
राती खाना खाएपछि डेजर्टको रुपमा आइसक्रिम खाने बानी मानिसहरुको हुन्छ । तर, आइसक्रिमले निद्रा गायब पार्छ । यसमा चिल्लोपदार्थ र चिनीको मात्रा बढी हुन्छ, जसले शरीरमा उर्जा दिन्छ र यसबाट निद्रा गायब हुन्छ ।
४. फोन मेसेज
राती फोन गर्नुको साटो टेक्स्ट मेसेज गर्दा अरुलाई डिस्टर्ब हुँदैंन भन्ने ठानिन्छ । तर, निद्राका लागि यो बाधक हुन्छ । मेसेज गर्दा तुरुन्त जवाफ पाउन या दिन फोन साथै राख्नुपर्ने हुन्छ, जसबाट निद्रामा खलल पुग्छ । सन् २०११ मा अमेरिकाको नेशनल स्लीप फाउण्डेशनले गरेको सर्वेक्षणअनुसार १३ देखि १८ वर्षका किशोरकिशोरीहरुमध्ये दैनिक १० प्रतिशत बालबालिकाहरु रातीको समयमा फोन कल, टेक्स्ट मेसेज या इमेलका कारण जागै हुन्छन् ।
५. रक्सी सेवन
एक अध्ययनअनुसार राती सुतनुअघि रक्सी सेवन गर्नाले मष्तिष्कमा अल्फा उर्जा बढ।छ,जसबाट निद्रामा असर पुग्छ । सुत्नुअघि रक्सी सेवन गर्नेहरुलाई सुरुमा हल्का निद्रा परेपनि पछि यसले गहिरो निद्रामा खलल पार्छ ।
६. केही औषधि
यदि तपाईं दैनिक रुपमा औषधि या सप्लिमेन्ट लिनुहुन्छ भने निद्रासम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन सक्छ । किनकि केही औषधिहरु खाएपछि तपाईं कयौं घण्टासम्म जागै रहनुहुन्छ । एन्टि डिप्रेसेन्ट औषधिले निद्रालाई धेरै प्रभाव पार्छ भने केही पेनकिलरले पेटमा गडबडी ल्याई निद्रामा असर पार्छ ।
७. मसालेदार खाना
राती सुत्नुअघि मसालेदार खाना बढी खानाले अनिद्राको समस्या आउन सक्छ । तेल, खुर्सानीजस्ता मसालेदार खाना खाएपछि एसिड रिफ्लेक्सको समस्याका कारण निद्रामा असर पर्न सक्छ । यसैले सुत्नु दुई घण्टा अघि खाना खानुपर्छ भनिएको हो ।
८. धेरै पानी पिउनु
शरीरलाई हाइड्रेट राख्न र विषालु तत्व बाहिर निकाल्न अधिकमात्रामा पानी पिउनु आवश्यक हुन्छ ।तर, सुत्नुअघि धेरै पानी पिउदा निद्रामा असर पर्न सक्छ । किनकि धेरै पानी पिउनाले राती पटकपटक बाथरुम जानुपर्ने हुन सक्छ ।
९. चुरोट पिउनु
यदि राम्रो निद्रा चाहनुहुन्छ भने धूमपान अहिल्यै छाड्नुस् । सन् २०१३ मा गरिएको एक अध्ययनले एउटा खिल्ली चुरोटले १.२ मिनेटका निद्रा खलबलिन्छ । किनकि चुरोट पिउँदा हाम्रो शरीरले बाहिरैबाट निकोटिन लिने बानी पर्छ, जबकि सुत्दाखेरि नै प्राकृतिक रुपमा निकोटिन शरीरलाई मिल्छ ।
कतिपय समयमा सधैँ करिबकरिब एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने गर्दा निद्रामा प्रायः समस्या आउँदैन। सकिन्छ भने सुत्नुभन्दा एक डेढ घण्टा पहिले मन तातो पानीले नुहाउँदा पनि शरीर रिल्याक्स हुन्छ र निद्रा आउन सहयोग गर्छ। सकभर निद्राका लागि औषधी प्रयोग नगर्नु राम्रो हुन्छ। सुत्नुभन्दा पहिले मनतातो दूध पिउँदा निद्रा लाग्न मद्दत हुन्छ।


















