एमालेमा उपाध्यक्ष र सचिवको जिम्मेवारी फेरबदल

39

काठमाडौं । नेकपा एमालेमा उपाध्यक्ष र सचिवको जिम्मेवारी हेरफेर भएको छ। शुक्रबार बसेको सचिवालय बैठकले जिम्मेवारी फेरबदल गरेको हो।

सचिवालय बैठकले ६ जना उपाध्यक्षलाई विभागहरुको संयोजन गर्ने जिम्मा दिएको छ। जसअनुसार पूर्वाधार विभागमा सुरेन्द्र पाण्डे, योजना तथा नीति विभागमा ईश्वर पोखरेल, सामाजिक विकासमा अष्टलक्ष्मी शाक्य, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा बादल, संगठन तथा प्रशिक्षण विभागमा विष्णु पौडेल, मानव स्रोतमा युवराज ज्ञवाली र सुशासनमा सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ।

सचिवहरुलाई भने प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। कोशी प्रदेशमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णाली लेखराज भट्ट, सुदूरपश्चिम सचिव छविलाल विश्वकर्मालाई इन्चार्जको जिम्मेवारी दिइएको छ। बागमती प्रदेश भने केन्द्रीय कार्यालयले संयोजन गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here