देशभर आजबाट यी दुई चलचित्र प्रदर्शन हुने

69

काठमाडौं । आजबाट देशभर दुई सिनेमा प्रदर्शनमा आएका छन्। फूलमान बल निर्देशित ‘नीरफूल’ र सरोज पौडेल निर्देशित ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा आएका हुन्।

‘नीरफूल’मा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा, विजय लामा लगायतको अभिनय रहेको छ। रेखा थापा यो चलचित्रमा विशेष भुमिकामा छिन्।

बाल गायिका जिम्मे छ्योइकी र नाट्यकर्मी शान्ति वाइबाले यही चलचित्रबाट ठूलो पर्दामा डेब्यु गरेका छन्। वि.सं २०७२ सालको भूकम्पबाट भएको क्षति र त्यसको दुःख र भोगाइलाई चलचित्रमा उतारिएको छ।

जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ। धादिङको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको थियो।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ।

चलचित्रमा पटकथा लेखन निर्देशक फूलमान बल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गरेका छन्।

‘वेलकम टु हेम्जाकोट’ तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको हो। फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामालगायतका कलाकारको अभिनय देख्न सकिन्छ। वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र पनि हो।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दीर्घ गुरुङ हुन्।

कविराज गहतराज, गम्भिर विष्टको संयुक्त करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ। गीतका म्यूजिक डिरेक्टर राज सागर हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here