काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीद्वारा स्लो राइड लंग लाइफ भन्ने मुल नाराका साथ देशभर बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि स्लो बाइक रेस प्रतियोगिता हाडिगाउँ भट्केको पुलमा शनिबार सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष क्षितिज थेबे कार्यक्रममा प्रमुख अतिथि रहेकोमा आयोजक कमिति सदस्य तथा नेकपा एमाले काठमाडौं महानगरपालिका सम्पदा विभाग सचिव सुमित दास रन्जितकारले विदेशिएका युवाहरुलाई स्वदेशमै स्वास्थ्य, शिक्षाकाे निः शुल्क तथा रोजगारीको राम्रो ब्यवस्था गरि युवाहरूलाइ स्वदेश फर्किने वातावरण बनाउन पहल गर्न वर्तमान सरकारलाई मेरो विदेशीयका युवा साथी कविता मार्फत कताक्ष गरेका थिए ।
सो प्रतियोगितामा १८० जनाले प्रतिस्पर्धामा सहभागिता जनाएकोमा राजकुमार कार्कीले ३२००० नगद सहित प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने द्वितियमा सुजार तामाङले २०,००० र तृतियमा चन्द्रमान श्रेष्ठले नगद १०,००० पुरस्कार पाएको थियो ।


















