विश्वकप छनोटमा नेपालले आज अमेरिकासित खेल्दै

130
 

पछिल्ला खेलमा ब्याटिङमा निक्कै सुधारिएको नेपाल बलिङमा आक्रमक मानिन्छ। तर, आइतबारको खेलमा नेपाली बलहरू चम्किन सकेनन्। फलस्वरूप नेपालले हार ब्यहोर्नुपर्यो।

विश्वमै चम्किएका नेपाली बलर तथा पूर्व कप्तान सन्दीप लामिछाने जिम्बावेसँगको खेलमा विकेटविहीन हुन पुगे। सन्दीप ३३ खेलपछि पहिलोपटक विकेटविहीन बने। यस्तै, नेपालले विश्वकप छनोटअन्तर्गत भोलि अमेरिकासँग खेल्ने कार्यतालिका रहेको छ। खेल मध्यान्ह १२:४५ बजेदेखि जिम्बावेको तकछिङ्गा स्पोर्ट एकडेमीमा हुनेछ।

नेपालसँग चिरपरिचित रहेको अमेरिका नेपालका लागि सहजै मानिएको टिम छ।पछिल्ला ५ खेलहरूमा भने नेपाल र अमेरिकाले समान २/२ खेलमा जित हात पार्दा १ खेलमा भने समान नतिजासहित अङ्क बाँडेका थिए।

सन् २०२० फेब्रुअरी २१ मा भएको खेलमा नेपाल २६८ बल बाँकी छँदै ८ विकेटले विजयी भएको थियो। २०२१ को सेप्टेम्बर १३ मा भएको खेलमा नेपाल ६ बल बाँकी रहँदै ५ विकेटले विजयी भएको थियो। त्यस्तै, २०२१ कै सेप्टेम्बर १७ मा भएको खेलमा अमेरिकाले नेपाललाई १२३ बाँकी रहँदै ६ विकेटले हराएको थियो।

२०२२ कै जुन ११ मा भएको खेलमा दुवै टोलीको खेल बराबरीमा सकिँदै अंक बाँडेका थिए। त्यस्तै, २२ कै जुन १५ मा भएको खेलमा अमेरिकाले नेपाललाई ३९ रनले हराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here