काठमाडाैं । चीनको यिनचुआन शहरको एक बारविक्यू रेष्टुरेन्टमा विस्फोट हुदाँ कम्तिमा ३१ जनाको ज्यान गएको छ। निङ्गसियास्थित सो रेष्टुरेन्टमा बुधबार राती विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
त्यसमा सो रेष्टुरेन्टका मालिक समेत रहेको बीबीसीले जनाएको छ। विस्फोटपछिको आगो निभाउन २० वटा सवारी साधनसहित १ सयभन्दाबढी अग्नी नियन्त्रक खटिएइका थिए।
















