काठमाण्डौं । भखैरै मात्र सम्पन्न शहिद स्मारक ए डि जिभिजन लिग फुटबलको उपविजेता मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनौटका लागि प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्ने भएको छ ।
मछिन्द्रले एएफसी कप छनौटका लागि आगामी अगस्ट ६ तारिखमा पारो एफसीसँग प्रारम्भिक चरणको खेल खेल्ने भएको हो।
मछिन्द्र र पारोबिचको खेल खेलको खेल स्थान भने टुङ्गो लाग्न बाँकी छ । मछिन्द्रसँगै त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएपछि प्रतियोगितामा सहभागी हुन बाटो खुलेको हो ।


















