लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही शेर्पालाई सम्मान

45

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ ।

बैंकसँग स्थापनाकाल देखि “निरन्तर सहयात्रा” गर्दै आएका किर्तिमानी पर्वतारोही शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डस मा लेखाउन सफल भएको आज शुक्रबार बैंकले सम्मान कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो ।

सो सम्मान–पत्र बैंकका अध्यक्ष चिन्तामणि भट्टराइले विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा एक कार्यक्रमका बीच प्रदान गरे ।

किर्तिमानी पर्वतारोही शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि। मा “निरन्तर सहयात्री” बनी आबद्घ छन् । उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफुले २८ औं पटक आरोहण गरेको जानकारी दिए । उनको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंक लि। लाई गौरवान्वित बनाएको बैंकले बताएको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here