करेन्ट लागेर मृत्यु

222

कैलाली । बर्दगोरिया गाउँपालिका-४ पुरैन ताल बस्ने ५५ वर्षीय मोहन बुचामगरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

टिनले छाएको कच्ची भान्छा घरमा लगेको बिजुलीको तार सर्ट भई उक्त टिनबाट जमिनमा लथ्रिएको तारबाट करेन्ट लाग्दा अशक्त भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here