बरिष्ठ पत्रकार प्रदीपमान श्रेष्ठ ६७ बर्षको उमेरमा निधन

201

काठमाडौं । नेपालभाषाको चर्चित पत्रिका ‘देसय् मरु झ्याः’ का सम्पादक एवम् प्रकाशक प्रदीपमान श्रेष्ठको ६७ बर्षको उमेरमा असामायिक निधन भएको छ ।

हिजो आइतबार आफ्नै निवास काठमाडौंको मरूमा आकस्मात भ¥याङबाट लडेर घाइते भएका उपचारका लागि अस्पताल लग्ने क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिवगंत श्रेष्ठको अन्तिम संस्कार आइतवार राती पशुपतिमा भएको छ । श्रेष्ठको दुई जना छोरी र एक जना छाेरासहित जहान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here