निर्वाचनको कामलाई जिप्रकाको छायाँको रुपमा रुपान्तरण नगर्न चेतावनी

40

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले निर्वाचनको कामलाई जिल्ला प्रशासन कार्यालयको छायाँको रुपमा रुपान्तरण नगर्न चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले जिल्ला निर्वाचन कार्यालय र तथ्यांक कार्यालयलाई खारेज गर्ने निर्णय लोकतन्त्र बिरोधी रहेको बताए।

उनले लोकतन्त्रमा निर्वाचनको निष्पक्षता हुने भन्दै संविधान बमोजिम व्यवस्था भएको आयोगलाई खारेज गर्नु नहुने बताए। निर्वाचनलाई निष्पक्ष बनाउने प्रत्याभुतिसहित निर्वाचन आयोगले काम गर्न पाउनुपर्ने उनले बताए।

उनले भने,‘अर्थमन्त्रीजीको धेरै ध्यानाकर्षण गरायौँ। यहाँसम्म आइपुग्दा धेरै पटक भन्यौँ तर यो सुनुवाई भएन। त्यसो भएको हुनाले आज हाम्रो दलको तर्फबाट जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने जुन निर्णय भएको छ, यो गलत छ। यो लोकतन्त्र विरोधी छ। लोकतन्त्रमा निष्पक्षताको सुनिश्चितता र प्रत्याभुतिको मुल मर्म विपरित छ। यस कुरालाई नसच्याएसम्म, लोकतन्त्रमा निर्वाचनको निष्पक्षताको जुन महत्व हुन्छ, यो कुरालाई आत्मसात् नगरेसम्म अरु कुरा गर्नु भनेको बेकारको कुरा हुन्छ। बेकारको कुरामा सदनले लगाम लगाउनुपर्छ र निर्वाचनलाई निष्पक्ष गराउने कुराको प्रत्याभुति हामीले छुट्टै निर्वाचन आयोगको व्यवस्था संविधान बमोजिम गरेका छौँ। त्यस अन्तर्गत नै देशभरी निर्वाचन सँग सम्बन्धित कामहरुलाई छुट्टै कार्यालय स्वतन्त्र रुपमा गर्नेगरी निर्वाचन आयोगको, निर्वाचनको कामलाई सिडिओ कार्यालयको छायाँका रुपमा रुपमा रुपान्तरण गर्ने काम नगरियोस् भन्नका निम्ति यो कुरा जोडदार रुपमा, यो विषयमा सभामुखज्युको रुलिङ चाहिन्छ। अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुपर्छ। खारेज गर्नुपर्छ। तबमात्र सदनको काम अगाडी बढ्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here