सवारी दुर्घटनालाई कम गर्न आराम स्थलको निर्माण

200

काठमाडौँ/ सरकारले सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने उद्देश्यका साथ सात प्रदेशका १४ स्थानमा यस्ता आराम स्थल स्थापना गर्न लागेको हो । केही स्थानमा आराम स्थलहरु सञ्चालनमा आइसकेका छन् ।

चालकको लापरवाही तथा थकानका कारण बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सरकारले चालक, सहचालक तथा यात्रुलाई आराम गर्नका लागि आराम स्थलहरुको स्थापना गर्न लागेको हो ।

आराम स्थलले दुर्घटना न्यूनीकरण गर्दै चालक, सहचालक तथा यात्रुलाई अनुशासन सिकाउने उहाँको भनाइ छ । आगामी दिनमा राजमार्गका प्रमुख स्थानमा यस्ता आराम स्थलहरु विस्तार गर्दै लैजाने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेश नं २ को तीन स्थान, प्रदेश न ६ को एक स्थान र अन्य पाँच प्रदेशको दुई÷दुई स्थानमा आराम स्थल स्थापना हुने भएको छ । प्रदेश नं १ मा सुनसरीको कोशी कटान र ८ इलामको कटेनी सडकखण्ड, प्रदेश नं २ मा बाराको पथलैया, धनुषाको लालगढ र सप्तरीको शम्भुनाथ, प्रदेश ३ मा सिन्धुलीको खुर्कोट र धादिङको मझिमटारमा रहनेछ ।

प्रदेश नं ४ मा नवलपरासीको कावासोती र तनहुँको दुलेगौँडा, प्रदेश नं ५ मा दाङको लमही र बर्दियाको बाँसगढी, प्रदेश नं ६ मा सुर्खेतको छिन्चु र प्रदेश नं ७ मा कैलालीको घोडाघोडी र डोटीको बुढरमा रहनेछ । सरकारले प्रत्येक सेन्टर निर्माणका लागि असारमा नै रु चार लाख ५० हजारका दरले बजेट निकासा गरिसकेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ६ स्थानमा आराम स्थल सञ्चालनमा आइसकेको छ । सुनसरीको कोशी कटान, सिन्धुलीको खुर्कोट, नवलपरासीको कावासोती, दाङको लमही, सुर्खेतको छिन्चु र कैलालीको घोडाघोडीमा आराम स्थल सञ्चालनमा आइसकेको छ ।

ती आराम स्थलमा आवश्यकताअनुसार ट्राफिक र जनपथ प्रहरी खटाइकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रदेश नं १ मा भने आराम स्थलमा सिसी क्यामरासमेत जडान गरिसकिएको छ ।

आराम स्थलमा ट्राफिक पोष्ट, चालक, सहचालक तथा यात्रुलाई ट्राफिक जनचेतनासम्बन्धी जानकारी दिन कक्षाकोठा, खाना खाएर आराम गर्ने कोठा, पानीको धारा, चर्पीलगायतका सुविधा हुनेछ ।

प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराईले आराम स्थलमा यात्रु र चालक तथा सहचालकलाई जनचेतनामूलक कक्षा दिने, सवारी चेकजाँच, यात्रुको असुविधा सुन्नेलगायतका कामसमेत हुने जनाउनुभएको छ ।उहाँका अनुसार प्रत्येक सार्वजनिक सवारी साधनका चालक, सहचालक र यात्रुलाई पाँचदेखि १५ मिनेटसम्म ट्राफिक जनचेतनासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारीसाधन रहेका छन् । साँघूरो बाटो र धेरै सवारीसाधन हुँदा अत्यधिक सवारी चाप र दुर्घटनासमेत हुने गरेको छ ।
–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here