बुद्ध जयन्तीको अवसरमा भलिबल प्रतियोगिता हुने

7

पोखरा । याङ्जाकोट मिलन युवा क्लबले बुद्ध जयन्तीको अवसरमा भलिबल प्रतियोगिता गर्ने भएको छ । २५६८औं बुद्ध जयन्तीको अवसरमा जेठ ८ देखि १० गतेसम्म मेला आयोजना गरिएको र सोही मेलामा भलिबल प्रतियोगिता गर्न लागिएको क्लबले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १११ रुपैयाँ र दोस्रो हुनेले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष योगेन्द्र गुरुङले जानकारी दिए । क्लबका अध्यक्ष योगेन्द्र गुरुङले मेलामा विभिन्न खेलकुद गतिविधिसहित सांस्कृतिक कार्यक्रम समावेश गरिएको उनले सुनाए । मेलामा भलिबलबाहेक सांस्कृतिक कार्यक्रम, ठेलो, कुर्ची खेललगायत प्रतियोगिता हुनेछ ।

ठेलो प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । १८ वर्षभन्दा तल उमेर समुहका प्रतियोगीले ठेलो जितेमा थप पुरस्कारको व्यवस्था रहेको क्लबले जनाएको छ । साथै, लगातार ३ वर्ष जित्नेका लागि रनिङ बेल्डको पनि व्यस्था रहेको आयोजकले जनाएको छ । ठेलोमा द्वितीयले २० हजार रुपैयाँ पाउनेछन् ।

रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । कुर्ची खेलमा प्रथम हुने समूहले ५ र दोस्रो हुने समूहले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here