आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

6

काठमाडौं । अर्घाखाँची, भुमिकास्थान नगरपालिका-९ सुरसिङस्थित जंगलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित ४ वटा गोठ जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

यसैगरी अर्घाखाँची, छत्रदेव गाउँपालिका-४ फर्सिङडाँडास्थित वनमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने धनकला पाण्डेको घर तथा गोठ, पार्वता भुषालको घर तथा गोठ र आत्मराम भुषालको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

यसैगरी अर्घाखाँची, भुमिकास्थान नगरपालिका-९ ढिकुरास्थित गैरागोठ जंगलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने शालिकराम पोख्रेलको घर तथा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-७ लोकेबरस्थित तुवाचुङ सामुदायिक वनमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पंन्चशेर राईको घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सल्यान, छत्रेश्वरी गाउँपालिका-५ दियार गाउँस्थित महेन्द्र बहुमुखी सामुदायिक वनमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने थल बहादुर घर्ती समेत १४ जनाको ६ वटा घर र ९ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

यसैगरी सल्यान, कालिमाटी गाउँपालिका-४ छापडाँडास्थित सितलटाकुरा सामुदायिक वनमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बिर बहादुर खत्री समेत २ जनाको २ वटा गोठ र २ वटा घर जलेर करिब १२ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली, घोडाघोडी नगरपालिका-४ जनकपुर खेतमा गहुँको नलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ६३ वर्षीय हंशराज संज्यालको घरगोठ पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगो निभाउने क्रममा घाइते भएकी १ जनाको सियस अस्पताल सुखडमा उपचार भइरहेको छ ।

पाल्पा, पुर्वखोला गाउँपालिका-६ हेक्लाङस्थित खरबारीमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित ३ वटा घर जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । यसैगरी पाल्पा, रामपुर नगरपालिका-५ गिजिङडाँडास्थित जंगलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ७ जनाको ५ वटा घर, ४ वटा गोठ र १ वटा कुखुरा फर्म पूर्णरूपमा जलेर नष्ट भएको छ ।

क्षतिको विवरण हाल खूलेको छैन । सोलुखुम्बु, थुलुङदुधकोशी गाउँपालिका-३ च्युरीखर्क खोपस्थित जंगलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही गाउँपालिका-३ लुस्कु बस्ने बुद्दिमाया चर्मकारसहित ३ जनाको ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

क्षतिको विवरण हाल खुलेको छैन । स्याङ्जा, पुतलीबजार नगरपालिका-११ करेनडाँडास्थित जंगलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४० वर्षीया गिता जिटी थापाको घर र ४० वर्षीय कल्पना जिटीको किराना पसल समेत जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागीबाट घाइते भएकी गिताको जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको छ ।

सुर्खेत, चौकुने गाउँपालिका-२ लगाम ईछलास्थित प्रगतिशिल सामुदायिक वनमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने अपि राम बडवाल समेत ३ जनाको ३ वटा घर र २ वटा गोठ जलेर करिब १९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँस्थित बहुउद्देश्यीय कृषि फर्ममा बुधबार दिउँसो आगलागी हुँदा च्याउ उत्पादन गरेका टहरा ५ वटा, खाली टहरा ५ वटा, सिंचाई प्लाष्टिक २ सय मिटर, पराल, पराल काट्ने मेसिन २ थान, पराल पकाउने मेसिन २ थान, दाउरा र गोदाम समेत जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

इलाम, चुलाचुली गाउँपालिका-६ सिस्नेस्थित चुलिको जंगलमा बुधबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने जहरमान लिम्बुको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बागलुङ, जैमिनी नगरपालिका-१ टुनिबोटस्थित सामुदायिक वनमा बुधबार दिउँसो लागेको फैलिएर बालुङ नगरपालिका-१२ डाडाखेतस्थित २ जनाको २ वटा घर र २ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।

क्षतिको विवरण हाल खुलेको छैन । कपिलवस्तु, विजयनगर गाउँपालिका-५ नैरङगिया र डालपुरस्थित खेतमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही गाउँपालिका-५ नैरङगियास्थित ६ वटा गोठ, ९ वटा घर, ट्याक्टर र सोही गाउँपालिका-५ डालपुरस्थित १९ वटा घर, १८ वटा गोठ, ३ वटा भान्सा र ३ वटा पम्प सेट समेत पूर्णरूपमा जलेर करिब ८५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । कास्की, पोखरा महानगरपालिका-‍१० अम्मरसिह चोकस्थित सोही महानगरपालिका-१४ चाउथे बस्ने धुव्र मरासिनीको संग्रीला सप्लार्यसमा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा करिब ९० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धादिङ, थाक्रे गाउँपालिका-११ मान्खुस्थित सुगम इट्टा उद्योगमा पार्किङ गरी राखेको बा.२ क ५४४२ नम्बरको स्काइभेटरमा बुधबार राति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । गुल्मी, मुसिकोट नगरपालिका-१ रङनामस्थित जंगलमा लागेको आगो बस्तीमा फैलिएर सोही ठाउँस्थित ३ वटा गोठ र १ वटा घर जलेर नष्ट भएको छ ।

क्षतिको विवरण हाल खुलेको छैन । सर्लाही, हरिपुर्वा नगरपालिका-४ साहपुर टोल बस्ने किशोरी बैठाको घरमा बुधबार राति आगलागी हुँदा नगद ३ लाख रूपैयाँ, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामान जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here