मृत अवस्थामा फेला

7

काठमाडौं ।  नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-१ रूपौलिया गण्डक नहरस्थित टहरामा भारत घर भएका ७० वर्षीय पारस मल्लाह बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१ आओसोचि जंगलस्थित खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीय महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

धनुषा, गणेशमान चारनाथ नगरपालिका-५ सोलार खोलास्थित दहमा सोही ठाउँ बस्ने ४७ वर्षीय भोगेन्द्र बहादुर भुजेल बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here