काठमाडौं । चराचुरुंगीको आवाज निकालेर चर्चामा रहेकी सन्तोषी सुब्बालाई एक युवाले यौन सम्पर्क गर्न नदिएको झाेकमा हत्या गरेको खुलेको भएकाे छ ।
काठमाडौंको दक्षिणकालीबाट बुधबार पक्राउ परेका २८ वर्षीय सुरेश तिमिल्सेनाले प्रहरी समक्ष उक्त बयान दिएको बुझिएको छ । मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा मृत फेला परेकी सन्तोषीको उनैले हत्या गरेको खुलेको छ ।
काठमाडौंको कालोपुलमा धनबहादुर तामाङकी धर्मछोरी बनेर १७ वर्षदेखि बस्दै बस्दै आएकी सन्तोषी ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएकी थिईन् ।
फर्पिङमा बसेर चिया खाने क्रममा भेट भएका तिमल्सिनाले सन्तोषीलाई खाना र सुत्ने व्यवस्था मिलाइदिने आश्वासन दिएर बलात्कारको प्रयास गरेका थिए । तर सन्तोषीले नमानेपछि घाँटी थिचेर गरेका थिए । प्रहरीले सुरेशको कोठाबाट सन्तोषीले प्रयोग गर्दै आएको मोबाइल समेत बरामद गरेको छ । उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरीरहेको छ ।

















