सेनाद्वारा बसुन्धरामा शङ्कास्पद वस्तु फेला परेको निष्क्रिय

59

काठमाडौं । काठमाडौंको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ ।

शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको राससलाई जानकारी दिए । उक्त वस्तु आज बिहान ८:३० बजे फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here