अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आएका भेषराज लामिछानेको हत्या

83

कोलोराडो । अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आएका भेषराज लामिछानेको हत्या भएको छ। लामिछानेलाई हतियारधारीले गोली प्रहार गरी हत्या गरेका छन्।

५३  वर्षीय लामिछाने  व्हिटरिज, कोलोराडोमा व्यवसाय गदै आएका थिए। ५ जनावरी बिहीबार उनलाई गोली प्रहार भएको थियो। घटनाबारे जानकारी पाएर प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो।

घटनामा संलग्नको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। प्रहरीका अनुसार आक्रमणकारीले पहिले लामिछानेमाथि भौतिक आक्रमण गरेको र त्यसपछि गोली प्रहार गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा २६ वर्षीय स्वानाथन डि एन्जेलो छन्।

तनहुँको दमौली घर भएका उनी कन्भिनियन्स स्टोरका मालिक  हुन्। उनी ८ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here