टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता हुने

72

काठमाडाैं । टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता असार १५ गते हुने भएको छ।

टुसाल मल्टी भेन्युले दोस्रो पटक विद्यालयस्तरीय पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो। यो मनमैजु–८ मा छ।

टुसालका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतका अनुसार प्रतियोगितामा २५ मिटरको फ्री स्टाइलमा पौडी खेलाइनेछ।

प्रतियोगितामा जुनियर छात्र, छात्रा र सिनियर छात्र, छात्रा गरी चार विधामा प्रतिस्पर्धा गराइने छ।

उक्त प्रतियोगिताको प्राविधिक तथा निर्णायकको जिम्मेवारी राष्ट्रियस्तरका खेलाडीले लिनेछन्।

विजेताहरूलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरूले सम्मान गरिनेछ।

कम्पनीले गत वर्ष पनि पौडी प्रतियोगिता आयोजना गरेको थियो। यो प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिने बस्नेतको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here