विराटनगर । कोशी प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बुले बोल्न अस्वीकार गरेकी छन् ।
बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि सभामुख बाबुराम गाैतमले जसपाकाे तर्फबाट साे दलकी एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई बाेल्ने समय दिएका थिए, तर उनले आफूले नबोल्ने बताइन् ।


















