विभिन्न स्थानमा डुबेर ३ जनाकाे मृत्यु

70

 

काठमाडौं । कपिलवस्तु, शुद्धोधन गाउँपालिका-५ ठुलो गन्वरीया बस्ने चैत्र यादवकी छोरी १० वर्षीया लक्ष्मी यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।

पोखरीमा डुबेर अशक्त भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
काभ्रे, पनौती नगरपालिका-२ नयाँगाउँ बस्ने सकुल आचार्यकी छोरी ३ वर्षीया आशिका आचार्यको सोही ठाउँस्थित हिलटेक पानीको ट्याङकीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको शिर मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here