सिटिजन्स बैंकले ज्येष्ठ नागरिक क्लब भवन निर्माणका लागि सहयोग गर्ने

31
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  नेपालगन्जको धम्बोजीस्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
ज्येष्ठ नागरिकहरूको समस्याहरूलाई एउटै छानामुनि सम्बोधन गर्न लागि सो क्लब निर्माण गरिएको हो ।
एक कार्यक्रमबीच बैंकले एक लाख एक हजार रुपैयाँको चेक संस्थाका अध्यक्ष अजितकुमार शर्मालाई हस्तान्तरण गरेको छ । ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here