कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि पारित

34

सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।

समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि दफावार छलफल गरी कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गरिएको हो ।  सङ्घीय संसद्को प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ को उपनियम (७)  बमोजिम समितिले उक्त कार्यविधि बनाएर पारित गरेको समिति सभापति थापाले जानकारी दिनुभयो ।

समितिको बैठकलाई थप व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउनका लागि सङ्घीय संसद्को प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले कार्यविधि बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here