नेवाः विध्यार्थी युनियनले मनायाे गुरूपुर्णिमा

145

काठमाडाैं । अज्ञानरुपी अन्धकार हटाई ज्ञानकाे ज्योति छरी शिष्यको जीवनलाई उज्वल बनाउन सार्थकता तुल्याउने गुरुको गुनस्मरण गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बि.ए तथा एम. ए. अध्ययनरत विद्यार्थीहरुले रत्न राज्यलक्ष्मीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि मनाएकाे छ ।

कार्यक्रममा नेपालभाषा अभियान्ता एवम् एवम् नेवाः विध्यार्थी युनियनका सचिव प्रशान्त डंगाेलले गुरू र शिष्यबीच सुमधुर सम्बन्ध बनाउनका लागि वि.सं. २०७४ सालदेखि निरन्तर गुरुपुर्णिमा मनाउँदै आइरहेकाे जनाउँदै  क्याम्पसमा नेपालभाषा अध्यनरत विद्यार्थीहरुले भाेग्दै अाइरहेका पुस्तकालयमा नेपालभाषा पाठ्यक्रमका पुस्तक अभाव,सुकुन्दाकाे कार्यालय अभाव भएर कार्यालय विद्यार्थीकाे घरमा राखेर काम काज अगाडिको बधाउन बाध्य रहेकाे लगायत तमाम समस्या हरुकाे बेलिबिस्तार लाउदै गुरुवरहरुले यी विद्यार्थीहरुकाे समस्या समाधान गर्न क्याम्पस प्रसासनलाई ध्यानाकर्षण गराउदै, कार्यक्रममा उपस्थित सम्पूर्ण गुरूवरलाइ स्वागत तथा गुरुपुर्णिमाकाे सुभकामना व्यक्त गरे।

नेवा: विद्यार्थी युनियन सहसचिव इन्द्रमान महर्जनले सञ्चालन गरिएकाे कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख जीवनधर ज्ञवाली, क्याम्पस रबिन दास श्रेष्ठ, नेपाल भाषा शिक्षक मदन सेन बज्राचार्य, चन्द्र ्मारन बज्राचार्य, शिक्षिका दिपना र्शमा, शिक्षिका सृमिला सुवाल, शिक्षिका सुनिता राजभण्डारी ‘जुनु’, शिक्षक अनुपसिंह सुवाल तथा शिक्षक योगेन्द्र राज कर्णिकारलाई संयुक्त विध्यार्थीद्वारा गुरूपुर्णिमा मनाएकाे कार्यक्रममा उपस्थित भएका गुरूवरहरूले गुरु शिष्यको महत्व परापूर्वकालदेखि भएको धारणा राखेका थिए ।

नेवाः विध्यार्थी युनियनका सह सचिव इन्द्रमान महर्जनले सञ्चालन गरिएकाे कार्यक्रममा जनगायक चन्द्रबहादुर माइला दाईले भजन प्रस्तुति गर्नुका नेवाः विद्यार्थी युनियनका सदस्य सुमित दास रञ्जितकार तथा एम. नेपालभाषा विद्यार्थी रुपा शाहीले गुरुपुर्णिमाको महिमाको बारेमा कविता वाचन गरेका थिए ।

कार्यक्रमको सभापति रिदेन महर्जनले अब अभियान नेवाः विश्वविद्यालय स्थापना अभियान रहेकाले नेवाः विश्व विध्यालय स्थापना गर्न कामनपा मेयर बालेन शाह तथा उपमेयर सुनिता डंगाेल सकारात्मक र स्थापना गर्न प्रतिबद्वर्ता तथा सकारात्मक रहेकाले सो अभियान सबैको साथ सहयोग रहने धारणा राखेर रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थी अनिल महर्जनका दाज्जु ४३ बर्षका बिकास महर्जन क्यान्सरपिडितलाई ११ हजार तथा जन गायक चन्द्र बहादुर श्रेष्ठ माइला दाईका जहानको उपचारको लागि पाँच हजार नगद हस्तातरण गरेपछि गुरूपुन्हिको विशेष अवसरमा मानवता सेवा नै सबै भन्दा ठूलो धर्म ठानेर क्यान्सर पिडितलाइ सहयोग प्रदान गरेका रत्न राज्यलक्ष्मी क्याम्पसका शिक्षिका सृमिला सुवाल तथा अनिल रन्जितलाइ विशेष धन्यवाद दिइ आगामी दिनमा आफुले सक्दो सेवा गर्ने धारणा राखेर  कार्यक्रम समापन गर्नमा सहयोग सम्पूर्ण धन्यवाद दिएर कार्यक्रम सम्पन्न गरेका थिए ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here