सवारी दुर्घटनामा दुई जनाको मृत्यु

45

काठमाडौं, २१ असार काठमाडौं महानगरपालिका-३ पानीपोखरीस्थित सडकमा बा.८२ प १२२५ नम्बरको मोटरसाइकललाई बा.५ ख ३१९३ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-४ चुनदेवी गणेशबस्ती घर भएकी ६० वर्षीया रचना गौचनको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्ज हुँदै ग्राण्डी अस्पताल टोखामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधनको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-४ सानो महुवारीस्थित सडकमा लु.७३ प ८९४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय बडखरी यादवको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भारतको कक्रहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here