ललिता निवास छानविन प्रकरण ‘पोलिटिकल स्टन्ट’ मात्रै : केपी ओली

86

काठमाडौं । ललिता निवास प्रकरणका फाइनल प्रचण्ड नेतृत्वको सरकारले पुनः खोलेर छाविन सुरु गरेपछि नेकपा (एमाले)का अध्यक्ष केपी ओली आत्तिन थालेका छन् । ओलीले ललिता निवास छानविन प्रकरण ‘पोलिटिकल स्टन्ट’ मात्रै भएको बताउन थालेका छन् ।

स्ववियू काउन्सिल नेपालको १० औं राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको कीर्तिपुरमा उद्घाटन गर्दै ओलीले ललिता निवास छानविन प्रकरण नाटक मात्रै भएको आरोप लगाए ।

ओलीले भने, ‘यो भ्रष्टाचार विरोधी देखिने पोलिटिकल स्टन्ट मात्रै हो। गठबन्धनकै नेता पर्ने हुन् यसमा पनि। एमाले स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छ। देशलाई अलमल पार्न अनेक प्रकारका भ्रम फिजाइएको छ।’

ओलीले यो दुई वर्षमा भ्रष्टाचार बढेको बताए। ओलीले भने, ‘अहिले बढो फुर्ति गरिराख्या छन् फेरि। ललिता निवास प्रकरणको छानविन गरौं। यसमा जो जो दोषी छन् सबैलाई कारबाही गरौं। को को दोषी छन् ? कहिलेबाट यो प्रकरण सुरु भयो ? कहिलेबाट जफत गरिएको जमिन कांग्रेसलाई दिन सुरु गरियो ? क–कसले छानविन गरे ? के के भयो ? समग्र कुरा सरकारले बाहिर ल्याउनुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here