अनेरास्ववियु टाेखा नगर कमिटीकाे अध्यक्षमा प्रशान्त डंगोल सर्वसहमत

143

काठमाडौं  । अनेरास्ववियु टाेखा नगर कमिटीको भेलाले प्रशान्त डंगाेल सर्वसहमतले चयन भएकाे छ ।

टाेखा नगरपालिका वडा नं २ स्थित न्हूज: पुस्तकालयमा हिजाे शुक्रबार  आयाेजित भेलाबाट प्रशान्त डंगोलकाे नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरिएकाे हाे ।  अनेरास्ववियु नगर कमिटी अध्यक्ष बिकास श्रेष्ठकाे साभापतित्वमा भएकाे कार्यक्रममा  अनेरास्ववियु केन्द्रीय सदस्य तथा अनुसासन विभाग प्रमुख दिपेश प्रसाईंकाे प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियाे ।  पार्टी बुद्धिजीवी परिषद्काे केन्द्रीय सदस्य दिपेन्द्र श्रेष्ठ तथा  एमाले  टाेखा वडा नं ८ का  सचिव अनुप कुमार राईले पार्टीलाई सदैब खवरदारी  गरिराख्ने संस्था अनेरास्ववियुले बिगतकाे जस्तो साख जाेगाउन वर्तमान अवस्थामा गर्नुपर्ने कुनै पनि काम थाती  नराखी फटाफट कार्यान्वयमा लाग्नु पर्ने जनाए ।

साे कार्यक्रममा   काठमाडौं जिल्ला कमिटी सदस्य एवम् प्रदेश संस्कृति बिभाग इन्चार्ज मनिराज डंगोलले टाेखा एक संरक्षित नगर तथा काठमाडाैंकाे उत्तरी प्रवेश गर्नु प्रमुख द्वार रहेकाले  यसै मार्ग हुँदै हाम्रा पुर्खाहरुले ल्हासा: संग ब्यापार गर्थे, टाेखा नगरपालिकाले विकास परियाेजनामा देखाएको अग्रसरताले देशकै अग्रणी नगरपालिकामा भएकाेमा बधाई दिए ।  अब बन्ने नयाँ अनेरास्ववियु कमिटीले टाेखा नगरकाे भुगाेल र संस्कृतिलाई शुक्ष्म ढंगले अध्ययन गरी टाेखाकाे इतिहास महिमा, वास्तुकला, सिल्पकला, काष्ठकला, प्रस्तरकलालाई संसारभर  चिनाउन समेत महत्त्वपूर्ण याेगदानदिन सफल रहाेेस् भनेर कार्यकाल सफलताकाे शुभकामना दिए ।

काठमाडौं  जिल्ला कमिटी सदस्य एवम् टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले नेपाल भाैगाेलिक विविधताले सुसज्जित  देश हाे । यहाँ  विभिन्न जातजाति, भाषाभाषीहरुकाे साैहार्द पुर्ण मेलमिलापले भाैगाेलिक, सांस्कृतिक विविधता जगेर्ना गर्न सक्षम भएकाे छ । स्थानीय भाषा संस्कृति जगेर्ना गर्नु टाेखा नगरपालिकाको पनि प्रमुख दायित्व हाे  । तसर्थ नेपाल भाषालाई पठनपाठनमा कार्यान्वयनमा ल्याउन नगरले बजेटकाे व्यवस्था गरेकाले निकट भविष्य मै नेपाल भाषालाई स्कुल स्तरमा अनिवार्य विषयकाे रुपमा पठनपाठनमा ल्याउन पहल गरिरहेकाे जनाइदै नयाँ कमिटीलाई कार्य सफल कार्यकालको शुभकामना दिइन् ।

पार्टी बुद्धिजीवी परिषदकाे केन्द्रीय सदस्य दिपेन्द्र श्रेष्ठले अनेरास्ववियु भनेकाे पञ्चायत शासन धाल्नदेखि लड्दै अाइरहेकाे देशकै पहिलाे  संस्था हाे । जस्ले कालापानीमा भारतले सिमा मिच्दा अनेरास्ववियुकाे नेतृत्वमा ३५ दिन लगाएर कालापानीमा पुगेर नेपालकाे झण्डा र अनेरास्ववियुकाे झण्डा गादेर भारतीय सुरक्षा निकायसंग प्रत्येक्ष मुकाविला गरेर नेपाल र नेपालीको सान बधाएकाे संस्था हाे भन्नू भयाे ।

कार्यक्रमका प्रमुख अतिथि दिपेश प्रसाईंले अनेरास्ववियु जहिले पनि प्रति पक्षमा उभिने संस्था हाे एमाले सरकार मा हुँदा पनि प्रतिपक्षकाे भुमिकामा भुमिका निर्वाह गर्दैअाइरहेकाे संस्था हाे। अनेरास्ववियुकाे अग्रसरता मा नै विध्यार्थीलाई गाडी भाडामा ४०% छुटकाे दिलाएको हाे र हरेक स्कुलमा १०% काेटा निम्न वर्गका विध्यार्थीहरुलाई छुट्याएकाे हुन्छ तर तालमेलमा साे काेटा विध्यालयले लुकाउने गरेकाे बताउनु भयाे र अब बन्ने नयाँ अनेरास्ववियु कमिटी ले साे विषयमा आवाज उठाउन आग्रह गर्नु भयाे र अब बन्ने नयाँ कमिटीलाई सफल कार्य कालकाे शुभकामना दिनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here