महिला आर्थिक सशक्तीकरणका विषयमा सार्थक र प्रभावकारी समाचार तथा सामग्री उत्पादन गर्न पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने र आर्थिक पत्रकारितालाई लैङ्गिक संवेदनशील बनाउने उद्देश्यले तालिम आयोजना गर्न लागिएको हो ।
तालिममा कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरूका साथै काठमाडौं उपत्यकामा आर्थिक विषयमा रिपोर्टिङ गरिरहेका दुई जना पत्रकारलाई समेत सहभागी गराइनेछ ।
तालिममा सहभागी हुन इच्छुक पत्रकारहरूले तोकिएको म्यादभित्र अनलाइन आवेदन फाराम भर्नुहुन अनुरोध गरिन्छ ।
तालिममा सहभागी हुन आवश्यक योग्यता तथा सर्तहरू
१. कर्णाली प्रदेशमा कार्यरत पत्रकार हुनुपर्नेछ।
२. पत्रकारितामा कम्तीमा पाँच वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ।
३. आर्थिक विषयमा रिपोर्टिङ गरिरहेको वा आर्थिक पत्रकारितामा रुचि र अनुभव भएको पत्रकारलाई प्राथमिकता दिइनेछ।
४. आधारभूत पत्रकारिता तालिम लिएको पत्रकारलाई प्राथमिकता दिइनेछ ।
५. आफू कार्यरत सञ्चारमाध्यमको सिफारिसपत्र र तालिम अवधिभर सहभागी हुन बिदा उपलब्ध गराइएको पत्र पेस गर्नुपर्नेछ ।
६. तालिमपछि महिला उद्यमशीलतासम्बन्धी कम्तीमा तीनवटा समाचार वा रिपोर्ट तयार गरी आफू कार्यरत सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण गर्न सकिने प्रतिबद्धतासहितको पत्र पेस गर्नुपर्नेछ ।
तालिमसम्बन्धी विवरण
तालिमको विषय : आर्थिक पत्रकारिता (महिला उद्यमशीलता प्रवद्र्धन)
अवधि: तीन दिन
तालिम सञ्चालन मिति : २०८३ मंसिर १९ देखि २१ गते गतेसम्म
आवेदन दिने अन्तिम मिति : २०८३ मंसिर १३ गते
लक्षित क्षेत्र : कर्णाली प्रदेश तथा काठमाडौं उपत्यका
थप जानकारीका लागि नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
नेपाल पत्रकार महासंघ
केन्द्रीय समिति


















