देशभर अविरल वर्षा ! बाढीरपहिरो पिडीतहरुको उद्धारमा नेपाली सेना परिचालन

256

काठमाडौं / देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्‍न स्थानहरुमा आएको बाढीरपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि नेपाली सेनाका विभिन्‍न स्थानहरुमा आवश्यक उद्धार सामग्रीहरुका साथ फौज परिचालन भएको छ ।

परिचालित फौजहरुबाट हालसम्म भएका उद्धारका विवरणहरु :
श्री पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गत

  • भोजपुर जिल्लामा तैनाथ श्री फष्ट रैफल गणबाट ३० जनाको नफ्रीमा खट्टिएको फौजले भोजपुर शान्तिटोलमा पहिरोका कारण स्थानीय एक व्यक्तिको घरमा क्षति पुगेको हुँदा उद्धार कार्य गरेको ।
  • उदयपुर जिल्लामा तैनाथ श्री रणशार्दुल गणबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले त्रियुगा साकेला गाउँस्थित बढुवा खोलाको बाँध भत्किन गई बाढी पस्ने सम्भावना भएकोले बाँध बनाउने कार्यमा सहयोग गरिरहेको ।
  • झापा जिल्लामा तैनाथ श्री नं २१ बाहिनी अड्डाबाट १०५ जनाको नफ्रीमा खट्टिएको फौजले शिवसतासीस्थित शिवसतासीधाम खोलामा रहेको बाँध बाढीको कारण जोखिममा पर्न गई उक्त बाँध मरामतको लागि फौज खट्टि कार्य गरिरहेको ।
  • सुनसरी जिल्लाको ईटहरीमा तैनाथ श्री नं.१ विपद व्यवस्थापन गणबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले इटहरी व्यारेकबाट ३ कि.मि.पश्चिममा रहेको पत्रु खोलाले १ जना स्थानीय व्यक्ति बगाएकोले खोजी कार्य गरिरहेको ।
  • सुनसरी जिल्लाको ईटहरीमा तैनाथ श्री नं.१ राजदल गणबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले इटहरी ९५, परिवार नियोजन टोल नजिक नहरमा डुबी हराई रहेको व्यक्तिको खोजी कार्यमा सहयोग गरिरहेको ।

 श्री मध्य पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गत

  • बारा जिल्लामा तैनाथ श्री सिद्धिबक्स गणबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले पर्सा राष्ट्रिय निकुञ्‍ज अन्तर्गत सिद्धिबक्स गण बाट १७ कि.मि. पूर्व तामागढी पोष्टमा करिव २.५ फिट पानी जमेको हुँदा निकास खोल्ने कार्य सम्पन्न गरेको छ ।
  • धनुषा जिल्लामा तैनाथ श्री श्रीनाथ गणबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले जनकपुरस्थित जिल्ला हुलाक कार्यालयमा पानी जम्न गई डुवानमा परेको हुँदा पानी निकास गर्ने कार्य गरेको छ ।
  • सिराह जिल्लामा तैनाथ श्री नं २७ बाहिनी अड्डा र श्री शेर गणबाट ६० जनाको नफ्रीमा खट्टिएको फौजले कर्न्जना बन्दिपुरमा कमलामाई नदीको बहाव बढ्न गई उक्त नदीको भंगालोमा रहेको रुखमा एक जना स्थानीय व्यक्ति अड्कीएकोले उद्धार गरेको छ ।
  • महोत्तरी जिल्लामा तैनाथ श्री रणभीम गणबाट ४५ जनाको नफ्रीमा खट्टिएको फौजले बलुवा न.पा-११ भलुवी स्थानमा डुवान परेकोले उद्धार कार्यको लागी फौज खट्टिई रहेको र बालुवा ११ स्थित रातुखोलाको बाँध फुटन गएकोले उक्त बाँध मरामत कार्यको लागि फौज खट्टिरहेको जनाइएको छ ।
  • रौतहट जिल्लामा तैनाथ श्री ईन्द्रबक्स गणबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले विन्दावन न.पा. विश्रामपुर ईलाकामा चौपाया चराउन गएका स्थानीय बासिन्दा (महिला- ११, पुरुष -८ , बाख्रा -३५ र भैसी -५) दुबै तर्फबाट बाग्मती नदी र चाँदीखोलाको वहाव बढ्न गई बीचमा अलपत्र परेको हुँदा उद्धार कार्यको लागि तयारी हालतमा रहेको ।
  • श्री मध्य पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गत मकवानपुर जिल्लामा तैनाथ श्री नं १ जगदल गणबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले मनहरी प्रतापपुर डुवानमा परेकोले उद्दारको लागि खट्टिरहेको जनाइएको छ ।
  •  श्री उत्तर पश्‍चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गत दैलेख जिल्लामा तैनाथ श्री ईन्द्रदल गुल्मबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले नारायण छत्रेछाहारे गांउमा वर्षातको कारण रुख ढल्न गई स्थानीय व्यक्तिको घरमा क्षति पु्र्‍याएको हुंदा उद्दार कार्य गरेको छ ।

श्री उपत्यका पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गत

  • काठमाण्डौ जिल्लामा तैनाथ श्री भैरवनाथ गणबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले काठमाण्डौ -४, गौरीधारा स्थित टुकुचा खोलामा वहाव बढ्न गई बस्ती इलाकामा छिर्न नदिन बाँध बाध्ने कार्य गरिरहेको छ ।
  •  काठमाण्डौ जिल्लामा तैनाथ श्री युद्धभैरव गणबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले काठमाण्डौ -१४, कुलेश्वर स्थित मेट्रो कोलोनीमा पानी पसी डुबान परेकोले रवर वोटसहित उद्धार कार्यमा खट्टिरहेको जनाइएको छ ।
  • ललितपुर जिल्लामा तैनाथ श्री भैरव गणबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले कन्जसोम ३ स्थित तीनपाने भञ्‍ज्याङ्ग ईलाकामा पहिरोले स्थानीय व्यक्तिको घर पुरिएको हुँदा चौपाया तथा सामानहरु सुरक्षित साथमा सार्ने कार्यमा सहयोग गरेको छ ।
  • काभ्रेपलान्चोक जिल्लामा तैनाथ श्री विष्णुदल गणबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले बनेपा न‍.पा.३ नाला खोला ईलाकामा पहिरोको कारण स्थानीय राम प्रसाद दंगालको घर भत्किदा ४ जना पुरिएकोमा उक्त गणबाट खट्टीएको टोलीले २ जनालाई सकुसल उद्दार गरेको र २ जना मृतकको शव निकालिएको जनाइएको छ ।
  •  काठमाण्डौ जिल्लामा तैनाथ श्री नं १ विपद् व्यवस्थापनबाट १५ जनाको नफ्रीमा खट्टिएको फौजले कागेश्वरी मनहरा , मुलपानी स्थित घरको कम्पाउण्ड ढली टहरामा क्षति पुर्‍याउँदा उक्त टहरामा ३ जना व्यक्ति च्यापिएको हुंदा उक्त व्यक्तिहरुको उद्दार कार्य गरेको छ ।
  • काठमाण्डौ जिल्लामा तैनाथ श्री नं १६ बाहिनी अड्डाबाट ४० जनाको नफ्रीमा खट्टिएको फौजले का.म.न.पा. ढ, ज्ञण् र ज्ञज्ञ वडा कलंकी क्षेत्रमा डुवान परेको हुंदा उद्दार कार्यको लागि खट्टिरहेको जनाइएको छ ।
  • काठमाण्डौ जिल्लामा तैनाथ श्री बृजिङ्ग महाशाखाबाट ४० जनाको नफ्रीमा खट्टिएको फौजले चन्द्रागिरीस्थित चन्द्र कुमारी श्रेष्ठको ३ तले घरको फाउण्डेशनमा खहरे खोलाले हाने पश्चात उद्दार कार्यको लागि खटिरहेको जनाइएको छ ।
  • ललितपुर जिल्लामा तैनाथ श्री नं १३ बाहिनी अड्डाबाट ४० जनाको नफ्रीमा खट्टिएको फौजले ललितपुर म.न.पा. – २६, नख्खु स्थित हिमाल हाईड्रोपावरको कार्यालय डुवानमा परी भित्र फसेका ८ जनाको उद्दार कार्य गरेको छ ।

नेपाली सेनासंग भएका विपद्‌को समयमा प्रयोग हुने श्रोत, साधन तथा जनशक्तिसहित सुर्खेत, ईटहरी र काठमाण्डौमा हेलिकोप्टर स्टयाण्डवाईमा रहनुको साथै प्रत्येक पृतना हे.क्वा.मा आपतकालिन उद्धार टिम, नेपाल अधिराज्य भित्र तैनाथ रहेका प्रत्येक गणहरुबाट १०५ जना र प्रत्येक गुल्महरुबाट ३० जनाको फौज तयारी हालतमा राखिएको छ । विगतको वर्षहरुमा बाढीरपहिरोबाट भएको क्षतिहरुलाई मध्यनजर गरी विपद्को उच्च जोखिम भएका स्थानहरुमा नेपाली सेनासंग उपलब्ध भएका विभिन्न किसिमका डुङ्गालगायत अन्य उद्धारका सामग्रीहरुसमेत तयारी हालतमा राखिएको छ ।

साथै विपद्का कारण बन्द हुन सक्ने प्रमुख राजमार्गहरुमा सवारी आवागमनलाई सुचारु गर्नको निमित्त मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५ वटा Acrow bridge मध्ये १ वटा सिन्धुपाल्चोक जिल्लाको जुरेमा प्रयोग भइसकेको र बाँकी ४ वटा बैरेनी, जीतपुर, थानकोट र भरतपुरमा तयारी हालतमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here