भारतले इन्टरकन्टिनेन्टल कपको उपाधि जित्याे

66

काठमाडौं ।  साफ च्याम्पियनसीप फुटबलअघि भारतले इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ । आइतबार राति भारतको कालिङ्गा स्टेडियममा भएको फाइनल खेलमा आयोजक भारतले लेवनानलाई २-० ले पराजित गर्दै उपाधि हात पारेको हो ।

भारतलाई उपाधि दिलाउन कप्तान सुनिल क्षेत्री र लालिबन्जुआला छाङ्ग्टेले एक-एक गोल गरे । भारतले प्रतियोगितामा कुनै पनि गोल खाएन ।

 

भारतले उपाधिसँगै ५० हजार अमेरिकी डलर तथा उपविजेता लेवनानले २५ हजार डलर प्राप्त गरे । प्रतियोगितामा भारतसँगै लेवनान, भानुअटु र मंगोलियाको सभागिता रहेको थियो ।

भारतले यसअघि सन् २०१८ मा पहिलो संस्करणको उपाधि जितेको थियो ।

यता भारतले यही जुन २१ तारिख देखि साफ च्याम्पियनसीप फुटबल समेत आयोजना गर्दैछ । साविक विजेता भारत च्याम्पियनसीपको समूह ‘ए’ मा रहेको छ । यसै समूहमा नेपाल, कुवेत र पाकिस्तान पनि रहेका छन् । समूह ‘बी’ मा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here