हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइयो

45
त्रिवि शिक्षण अस्पतालमा शव लिएर आएको हेलिकप्टर।तस्बिर: सुजन गुरुङ

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका क्याप्टेनसहित छ जनाको शव काठमाडौं ल्याइएको छ। मङ्गलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५को भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना भएको थियो ।

दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँच जना मेक्सिकोका नागरिकको मृत्यु भएको थियो।मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकोका नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक छन्।

दुई वटा हेलिकप्टरबाट ६ वटा शव ल्याइएको हो।अल्टिच्यूड एयरको हेलिकप्टरबाट पहिलोमा चार वटा र दोस्रोमा दुई वटा शव ल्याइएको हो।अहिले शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here