काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा नेपाली फिल्म र संगीत क्षेत्रले पनि शोक व्यक्त गरेको छ ।
अभिनेत्री करिश्मा मानन्धरले पत्नी दाहालको तस्वीर सेयर गर्दै श्रद्धाञ्जली जनाएकी छन् । अभिनेता तथा फिल्म निर्माता रविन्द्रसिंह बानियाँले दाहालको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डप्रति समवेदना जनाएका छन् । उनले प्रचण्डको जीवन पनि फिल्मभन्दा कम नरहेको उल्लेख गरेका छन् ।
संगीतकार वसन्त सापकोटाले सीता दाहालको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । कमेडियनहरु सन्दीप क्षेत्री, हिमेश पन्त, अभिनेत्री श्वेता खड्का, चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठ, चलचित्र विकास बोर्डका सदस्यहरु राजु केसी, प्रवक्ता केएल बुढाथोकी, पपगायक सञ्जय श्रेष्ठ, अभिनेत्री रेखा थापा लगायतले समवेदना व्यक्त गरेका छन् ।
दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।


















