भारतबाट नेपाललाई १५० थान आईसीयू बेड 

65

काठमाडौं- भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयाेग गरेकाे छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई  नेपालका लागि भारतीय राजदूत विनय माेहन क्वात्राले उक्त बेड हस्तान्तरण गरेका हुन्।

कानुनमन्त्री कार्कीले महामारीकाे समयमा गरेकाे सहयोगका लागि धन्यवाद दिए।  भारतले काेराेना राेकथामका लागि उक्त आईसीयू बेड उपलब्ध गराएकाे राजदूत क्वात्राले बताए। कानुनमन्त्री कार्कीले ती बेड तुरून्त अस्पतालकाे आवश्यकता अनुसार वितरण गरिने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here