नेपाल शान्ति मिसनमा योगदान गर्ने सूचीमा दोस्रो स्थानमा

55

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघकको शान्ति स्थापना कार्यमा योगदान गर्ने राष्ट्रको दोस्रो स्थानमा उक्लिएको थियो। यसअघि नेपाल चौंथो स्थानबाट तेस्रो स्थानमा उक्लिएको थियो।

संयुक्त राष्ट्रसंघले नेपाल शान्ति मिसनमा योगदान गर्ने सूचीमा दोस्रो स्थानमा उक्लिएको जानकारी दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

राष्ट्रसंघीय शान्ति मिसनमा मुख्यतः नेपाली सेना परिचालित भए पनि केही संख्यामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी पनि सहभागी छन्। अहिले विभिन्न १२ वटा मिसनमा नेपाली शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।

नेपालबाट विभिन्न शान्ति मिसनमा खटिएका ५ हजार ५७१ जना शान्ति सैनिक (सशस्त्र प्रहरी र प्रहरीसमेत) अहिले विभिन्न मुलुकमा खटिएका छन्। शान्ति मिसनमा योगदान गर्नेमा नेपालभन्दा अगाडि अब बंगलादेश मात्र छ।

बंगलादेशका ६ हजार ५५४ जना शान्ति सैनिक विभिन्न मुलुकमा खटिएका छन्। नेपालपछि योगदान गर्नेमा भारत, इथियोपिया, रुवाण्डा लगायत मुलुक छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here