मध्यपुर थिमीका खाल्डाखुल्डी पुरिए

84

भक्तपुर । प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ।

भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर चाडपर्वमा सवारी आवागमन सहज बनाउन आइतबार प्रजिअ रुद्रादेवी शर्माले सडकसँग सम्बन्धित कार्यालयका प्रमुखहरुको बैठक गरी निर्देशन दिएकी थिइन्। अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको पेप्सीकोला, पुरानो थिमि, निकोशेरा, सल्लाघारी सडकको निकोशेरा खण्डमा ठूल–ठूला खाल्डाखुल्डीले सवारी आवगमनमा अवरोध आउनुका साथै दुर्घटनाको जोखिम बढेको व्यापक जनगुनासो बढेपछि प्रजिअ शर्माले आयोजनालाई २४ घण्टाभित्र खाल्डाखुल्डी पुर्न निर्देशन दिएकी थिइन्।

आयोजनाले सोमवार खाल्डाखुल्डीमा ग्राभेल हालेर पुर्नुका साथै ग्रडेरले सम्याई रोलरले पेलेर सवारी आगमन सहज बनाएको प्रजिअ शर्माले जनाए । दशैंका अवसरमा काठमाडौं पूर्व जाने सवारीको चाप अरनिको राजमार्गमा बढेपछि पेप्सीकोला सल्लाघारी सडकमा समेत सवारीको चाप बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here