महिला हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रम सम्पन्न

127
प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले लैङ्गक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गतको कार्यक्रम वडा नं.-४ मा सम्पन्न गरेको छ।“लैङ्गक हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ´´भन्ने मुल नाराका साथ नोभेम्बर २५ देखि डिसेम्बर १०सम्म मनाईने अभियान आज वडा नं.-४ उदयपुरकोटको वडा कार्यालय परिसरमा सम्पन्न गरिएको हो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले गाउँपालिकाले सञ्चालन गर्ने विभिन्न कार्यक्रमले अझै तल्लो तहमा प्रभाव पार्न नसकेको बताउनु भएको छ।
बालविवाह र हिंसाको अन्त्य हुन नसकेको प्रसङ्ग जोड्दै उहाँले हरेक कुरामा गरिने नकारात्मक टिप्पणी समेत हिंसा भएको र गाउँपालिका भित्रका त्यस्ता घटना प्रति दु:ख व्यक्त गर्दै न्युनिकरणका लागि स्थानीय सरकार कडा रुपमा प्रस्तुत हुनुको विकल्प नभएको बताउनु भयो।
कार्यक्रमलाई सम्बोधन गर्ने सवै वक्ताहरुले बाल विवाह र हिंसा न्युनिकरणमा जोड दिनु भएको थियोे। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव पोख्रेल,स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,वडा सचिव, गाउँकार्यपालिका सदस्य, गाउँ सभा सदस्य,स्थानीय समाजसेवी,वुद्धिजिवि, महिला स्वास्थ्य स्वयंसेविका, सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियोे।
वडा अध्यक्ष डिल बहादुर घर्तीको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य बालाराम खत्रीले स्वागत मन्तव्य राख्नु भएको थियोे।
कार्यक्रम महिला,बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सीता गौतमको सञ्चालनमा सम्पन्न भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here