ग्लोबल बैंकले १३.५ प्रतिशत लाभांश दिने

55

काठमाडौं । ग्लोबल आइएमई बैंकले आ.ब.२०७७÷७८ मा आफ्ना सेयरधनीहरूलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंक संचालक समितिको ३९३ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औं वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.ब.२०७७/०७८ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना सेयरधनीहरूलाई २ अर्ब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनस सेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरण पश्चात चुक्ता पुँजी २३ अर्ब ७९ करोड पुग्ने छ ।

त्यस्तै, नगद लाभांश वितरण पश्चात बैंकको कूल पुँजीकोष ३६ अर्ब ९२ करोड रहने छ । देशमा संचालित कुनै पनि वाणिज्य बैंकहरू भन्दा यो पुँजीकोष अत्यधिक रहेको छ । ग्लोबल आइएमई बैंकले आ.ब.२०७७/७८ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here