नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य

26

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य रहेको जनाएका छन्।

सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियानको उद्घाटन गर्दै उनले यस्तो जनाएका हुन्।

उनले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको विरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरे। गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमवार (आज)बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान शुरु गरेका हुन्।

उनले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताए। उनले प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको जनाए । उनले नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here