सामसुङको दुई नयाँ मोबाइलको विक्री सुरु

277

काठमाडौं । सामसुङले एस नाइन र एस नाइन प्लस नेपालमा विक्री सुरु गरेको छ । यी दुई मोडल केही दिनअघि नेपालमा सार्वजनिक गरी प्री बूकिङ शुरू गरेको थियो । सामसुङ नेपालले गत शुक्रबार प्री बुकिङ गरेका ग्राकहलाई मोबाइलब हस्तान्तरण गरी यसको विक्री सुरु गरेको हो ।
एस नाइनको मूल्य ९२ हजार ९ सय तथा एस नाइन प्लसको १ लाख ४ हजार ९ सय रूपैयाँ तोकिए पनि ५ हजार क्यासब्याक अफर सञ्चालन गरिने कम्पनीको भनाइ छ । क्यासब्याकपछि एस नाइनको मूल्य ८७ हजार ९ सय तथा एस नाइन प्लसको ९९ हजार ९ सय रूपैयाँ पर्ने बताइएको छ । दुवै फोन ६४ जीबी भेरिएण्टमा उपलब्ध हुनेछन् ।
एस नाइन ५ दशमलव ८ इञ्चको सुपर एमोलेड स्क्रीनका साथ उपलब्ध छ । फोनमा एण्ड्रोइड ओरियोको अपरेटिङ सिष्टम, स्नापड्रागन ८४५ प्रयोग गरिएको छ । ३ हजार एमएच पावर क्षमताको ब्याट्री समावेश गरिएको फोनमा फाष्ट चार्जिङ सिष्टमसमेत रहेको कम्पनीको भनाइ छ । फोनको पछाडितर्फ एफर १.५ र एफर २.४ अपेचरसहित १२ मेगापिक्सलका दुईओटा क्यामरा छन् । यसमा सेल्फीका लागि एफर १.७ अपेचर लेन्ससहितको ८ मेगापिक्सेलको क्यामरा उपलब्ध छ ।
एस नाइन प्लसमा ६ दशमलव २ इञ्चको स्क्रीन छ । फोनमा ६ जीबी ¥याम तथा ६४ जीबीको इण्टरनल स्टोरेज उपलब्ध हुने बताइएको छ । पछाडि एफर १.५ अपेचर लेन्सको १२ मेगापिक्सेल र एफर २.४ अपेचर लेन्सको १२ मेगापिक्सेल गरी दुईओटा क्यामरा रहेको फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा छ । यसमा एण्ड्रोइड ओरियोको अपरेटिङ सिष्टम र स्नापड्रागन ८४५ समावेश गरिएको छ । फोन पानी र धूलो प्रतिरोधात्मक रहेको कम्पनीको भनाइ छ । फाष्ट चार्जिङको सुविधासहित ३ हजार ५ सय एमएएच पावर क्षमताको ब्याट्री प्रयोग गरिएको फोन कालो, नीलो र पर्पल गरी तीन रङमा उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here