अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय

9

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाह नेतृत्वको सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेका छन्।

राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका हुन्। शाह नेतृत्वको सरकारले पठाएका ७ वटा अध्यादेश जारी गरे पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने राष्ट्रपति पौडेलले फिर्ता पठाएका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको जानकारी गराए।

यसअघि सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेको अध्यादेश पनि राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो ।

१४ बैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले  संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहितका ८ अध्यादेश राष्ट्रपति कार्यालयका लागि सिफारिस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here