देउवाले पदाधिकारी बोलाए

41

काठमाडौं । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल  गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन् ।

देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे छलफलका लागि बोलाएको एक पदाधिकारीले जानकारी दिए ।

देउवाले भोलि पदाधिकारीसित छलफल गरेपछि पर्सि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई फेरि छलफल गर्ने तयारी पनि गरेका एक नेताले बताए ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ ।  भोलिको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here