भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति

61

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको छ ।

बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका उनीहरुलाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो ।
यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यससँगै पक्राउ परेकाहरु बढीमा कुल १९ दिन हिरातमा रहिसकेका छन् ।
यी हुन् ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ परेकाहरू :

१.मीन बहादुर गुरुङ– भाटभटेनी सुपर मार्केटका सञ्चालक (असार १२)

२. सुधीर कुमार शाह (पूर्व निर्वाचन आयुक्त)

३. धर्मप्रसाद गौतम (शाखा अधिकृत)

४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार

५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)

६. घमानकुमारी कार्की (नापी सर्वेक्षक)

७.बाबुराजा महर्जन (नक्कली मोही)

८.रमेशकुमार पोखरेल (समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख) (असार १८)

९. देव नारायण महर्जन (मोही)

१०.लोकहरी घिमिरे (समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख) (असार २४)

११. ध्रुबप्रसाद अर्याल (नापी सर्वेक्षक)

१२. कृष्णबहादुर राउत (सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव)

१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत  (असार २६)

१४. नारायणदास मिश्र (पूर्व खरिदार डिल्लीबजार मालपोत)

१५. रुद्रप्रसाद श्रेष्ठ (महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग) (असार २६)

१६. बालकृष्ण श्रेष्ठ (सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय)

१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी  (असार २७)

स्टे अर्डरमा छुटेकाहरु 

१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।

२. सुरेन्द्रमान कपाली, अधिकृत ।

३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here