काठमाडौं । सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारलाई आग्रह गरेका हुन् ।

कांग्रेसकै सांसद रमा कोइराला पौडेलले साउन १ गते देखि नै लागू हुने गरी श्रमिकको न्युनतम ज्याला बढाउन माग गरिन् । ‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुको न्युनतम पारिश्रमिक बढाउने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु’ उनले भनिन् ।














