नेपालले यूएई ए विरुद्ध पहिला फिल्डिङ गर्ने

46

 काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो ।

नेपालले भारत ए सँगको खेल खेलेको टिममा ४ परिवर्तन गरेको छ ।  सोमपाल कामी, ललित राजवंशी, भीम सार्की र आसिफ शेखलाई आराम दिएर नेपालले प्रतिश जिसी, श्याम ढकाल, अर्जुन साउद र सन्दीप जोरालाई मैदान उतारेको छ ।

समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेका नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ । नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ ।

नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।

आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here