काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ ।
यस योजना अनुसार मुद्दती निक्षेप खाता खोलेका ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यस योजनमार्फत २ लाख रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने ग्राहकले डिजिटल फर्म भरेर बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि मात्रै कर्जा प्राप्त गर्ने छन् ।
यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रैमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म सावाँ भुक्तानी गर्नुपर्नेछ । न्यूनतम ५ हजार रूपैयाँ कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्ने छन् ।


















