रोल्पा । चट्याङ लागेर रोल्पामा एक जना वडा सदस्यको निधन भएको छ ।
चट्याङमा परेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी गराए ।
चट्याङकौ अर्को घटनामा थप २ जना घाइते भएका छन ।
सुनछहरी गाउँपालिका वडा नं. २ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।

















