चाँगुनारायणमा डेंगु रोकथाम अभियान शुरु

54
8]Ë'sf] ljifflw 5lsFb} ky/L, ^ ;fpg M df]/ªsf] ky/L zlgZr/]–! df j8f / gu/sf cfof]hgfdf 8]Ë'sf] cf}iflw 5ls{+b} . tl:a/ M uf]kfn sfˆn]÷/f;;

भक्तपुर । चाँगुनारायण नगरपालिकाले डेंगु रोकथाम तथा नियन्त्रणका लागि डेंगु रोग खोज तथा नष्ट अभियान शुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्रुत प्रतिकार्य टोली गठन गरी अभियान थालेको हो ।

रोगको महामारी फैलिनु अगाडि नै यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखामार्फत डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अभियान थालेको नगर प्रमुख जीवन खत्रीले बताए ।
नगर प्रमुख खत्रीले नगरपालिकाले तयार गरेको मनसुन पूर्व तयारी योजना अनुरुप डेंगु रोकथाम र नियन्त्रणका लागि समुदायस्तरमा विभिन्न गतिविधिसहितको अभियान शुरु भएको बताए ।
आफ्नो नगरक्षेत्रमा डेंगु रोग फैलिन नदिन समयमै सचेतना अपनाउँदै नगरस्तरीय द्रुत प्रतिकार्य टोली गठन भई वडास्तरीय विपद् व्यवस्थापन समितिमार्फत प्रतिकार्य टोली गठन गरी डेंगु रोकथाम तथा नियन्त्रणका गतिविधि सञ्चालन गर्न प्रत्येक वडा कार्यालयलाई निर्देशनसमेत दिइएको उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, सामुदायिक भवनबाट डेंगु रोग रोकथाम तथा नियन्त्रणको मुख्य तरिका खोज तथा नष्ट अभियान शुरु गरेको बताए । उनले सबै समुदायमा रोगसम्बन्धी जनचेतना फैलाइ समुदायको सहभागितामा रोकथाम र नियन्त्रणका उपाय अवलम्बन गरिने बताए ।

उनले विद्यालयस्तर एवं समुदायस्तरमा पूर्व तयारीका गतिविधि सञ्चालनका लागि शाखागत आवश्यक समन्वय गरी द्रुतरुपमा डेंगु नियन्त्रण कार्य अगाडि बढाउने अभियान थालेको बताए । स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले डेंगु रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरी नगरस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको बताए ।

नगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणका लागि तयार गरेको योजना अनुरूप वडास्तरमा अभिमुखीकरण, द्रुत प्रतिकार्य समितिको गठन, स्थानीय रेडक्रसलगायत महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सङ्घ संस्था एवं विद्यालयको सहभागिता रहने छ ।

सोअनुसार घरधुरी सर्वेक्षण गरी घर–घरमा पर्चा वितरण र नगर क्षेत्रमा माइकिङ गर्ने, सबै वडामा डेंगु नियन्त्रण, रोकथाम गर्न खोज र नष्ट अभियान सञ्चालन गर्ने, सबै स्वास्थ्य संस्थालाई डेंगुको सम्भावित जाँचका लागि तयारी अवस्थामा राख्ने जस्ता कार्य शुरु गरिएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here